काठमाण्डौ । साताको पहिलो दिन स्थिर रहेको सुनको भाउ आज सोमबार उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै ९०० रुपैयाँको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९५ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ७०० रुपैयाँ कायम भएको छ।
साताको पहिलो दिन आइतबार भने सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९४ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो। गत साता शुक्रबार तोलामा ८०० रुपैयाँले बढ्दै प्रतितोला फाइन गोल्ड ९४ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ८५० रुपैयाँमा कारोबार भएको छ।
गत साताभरि सुनको भाउ तोलामै १ हजार ८०० रुपैयाँले बढेको थियो।
आज सोमबार चाँदीको भाउ तोलामै ४० रुपैयाँ बढेको छ। योसँगै आज प्रतितोला चाँदी १ हजार ३२० रुपैयाँ पुगेको छ। हिजो आइतबार भने चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २८० रुपैयाँ कायम भएको थियो।
गत साताभरि चाँदीको भाउ ८० रुपैयाँले उकालो लागेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19