काठमाण्डौ । चर्को बैंक ब्याजदरविरुद्ध उद्योगी–व्यवसायीले फेरि आन्दोलन चर्काएका छन्।
चर्को ब्याजदरविरुद्ध सडकमा उत्रिएका उद्योगी–व्यवसायीले आज नेपाल राष्ट्र बैंक घेराउ गर्ने कार्यक्रम रहेको छ। उनीहरुले बिहान ११ बजे काठमाण्डौको बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा घेराउ कार्यक्रम राखेका हुन्।
राष्ट्र बैंक घेराउ कार्यक्रममा मुलुकभरिका उद्योगी–व्यवसायी सहभागी हुन आह्वान गरिएको छ।
बैंक तथा वित्तीय समस्या संघर्ष समितिको नेतृत्वमा फेरि आन्दोलन चर्किएको हो। आन्दोलनमा देशभरका विभिन्न क्षेत्रमा काम गरिरहेका ९ वटा महासंघ र ५९ वटा जिल्ला तथा वस्तुगत संघको समर्थन रहेको छ।
बैंक तथा वित्तीय समस्या समाधानार्थ विरोध कार्यक्रमअन्तर्गत संघर्ष समितिको अगुवाइमा हिजो उद्योगी–व्यवसायीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19