काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ फेरि चम्किन थालेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।
हिजो र आज गरी सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढिसकेको छ।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४६५ रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19