काठमाण्डौ । फेसबुक, यूट्यूवजस्ता सामाजिक सञ्जालमा गैरकानूनी ढंगले विज्ञापन गर्दै आएका व्यवसायीहरुले राष्ट्रबैंकले नियमनका लागि व्यवस्था ल्याएको केही दिन बित्न नपाउँदै यसमा पुनरविचारको माग गरेका छन् ।
नेपाल राष्ट्रबैंकले बुधबार आयोजना गरेको मौद्रिक नीतिको मध्यावधि समीक्षाका लागि अन्तरक्रिया कार्यक्रममा अटोमोवाइल एशोसिएसनका सौरभ ज्योतिले फेसबुकबाट गर्न सकिने विज्ञापनको प्रतिबन्ध हटाउन माग गरेका हुन् ।
उनले भने–‘फेसबुकबाट कुन च्यानलबाट विज्ञापन गर्दा सहज हुन्छ कि त त्यो भनिदिनुहोस् । नियमन हुन तयार छौ, तर अनलाइनको जमानामा सामाजिक सञ्जालमा विज्ञापन गर्दा व्यापार व्यवसाय प्रवद्र्धनमा सहयोग पुगेको तथ्य भूल्न भएन ।’
उनले जलविद्युत र पूर्वाधारको विकासमा प्रवाह हुने कर्जाका लागि लामो अवधिको निश्चित ब्याजदर तोक्ने व्यवस्था गरिदिन समेत माग गरेका छन् । ‘अहिले यस्तो व्यवस्था १ वर्षका लागि मात्र छ ।’ उनले भने–‘तर अब कम्तीमा १० वर्षका लागि निश्चित ब्याजदर तोक्ने व्यवस्था हुनुपर्छ ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago