काठमाण्डौ । विश्वमा अहिले फेस एपले तहल्का मच्चाइरहेको छ । यो एपको माध्यमबाट तपाइँ आफ्नो बूढापाको सम्भावित तस्बिर देख्न सक्नुहुन्छ।
हिजोआज सोसल मिडियाहरुमा फेस एपबाट बनाइएका तस्बिरहरु अन्धाधुन्ध रुपमा पोस्ट भइरहेका छन् । यो एपले कुनै पनि व्यक्तिको वास्तविक तस्बिर कृत्रिम तरिकाले वृद्धावस्थाको तस्बिरमा परिवर्तन गरिदिन्छ । तर जसरी तपाइँलाई आफ्नो बूढापाको तस्बिरले जति रोमाञ्चक बनाइरहेको छ, त्यति नै यसबाट खतरा पनि रहेको छ ।
यो एउटा रुसी एप हो । जब तपाइँ आफ्नो बूढापाको अवस्था हेर्नलाई आफ्नो तस्बिर पठाउनुहुन्छ, त्यो सीधै फेस एपको सर्भरमा जान्छ ।
फेस एप युजर्सको तस्बिरहरु छानेर अपलोड गरिन्छ । यसमा बदलाव कृत्रिम इन्टेलिजेन्सका माध्यमबाट गरिन्छ । यसमा सर्भरको प्रयोग हुन्छ र एपका माध्यमबाट तपाइँको फोटो खिच्नुपर्छ ।
वास्तवमा तपाइँ यो एपमा तपाइँको तस्बिरमात्र होइन धेरै थोक दिइरहेको हुनुहुन्छ । तपाइँको फोटो निजी प्रयोजनका लागि प्रयोग भइरहेको लाग्छ तर ती फोटोहरु सार्वजनिक प्रयोजनमा पनि प्रयोग गर्न सकिन्छ ।
यो एपमार्फत तपाइँको फोनबाट सूचनाहरु चुहावट हुन सक्छ र पछि कुनै विज्ञापनमा प्रयोग पनि गर्न सकिन्छ । यो सम्भव छ कि यो एपमार्फत अहिले तपाइँको बानी र रुचि बुझ्ने कोसिस भइरहेको छ तर पछि विज्ञापनमा पनि प्रयोग गर्न सकिन्छ । त्यसले यो एप तपाईबाट जानकारी लिएर पछि विज्ञापन गर्ने हतियारका रुपमा पनि प्रयोग भएको हुन सक्ने अनुमान गरिएको छ ।
कतिपयले यो एपले तपाइँको फोनमार्फत सबै तस्बिरहरुमा पहुँच पुर्यायो कि भन्ने चिन्तामा पनि छन् । कतिपयले भने यो एप खोल्नेबित्तिकै इन्टरनेटमा सबै तस्बिर अपलोड हुन थालेको पनि दाबी गरिरहेका छन् ।
जब कि आईओएस र आईफोनमा यस्तो विकल्प दिइन्छ कि तपाइँ कुन तस्बिर ह्याडन्ओभर गर्ने र कुन नगर्ने ।
फेस एपका विषयमा अमेरिकी सिनेटमा पनि चिन्ता गर्न थालिएको छ। सिनेटमा अल्पसंख्यक नेता चक सुमरले यो फेस एपको जाँचबुझ गर्नुपर्ने माग गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘यो निकै चिन्ताको विषय बनेको छ, अमेरिकी जनताको निजी डाटा विदेशीहरुमाझ पुगिरहेको छ ।’
यद्यपि यस्ता कुराहरुलाई फेस एपले इन्कार गरिदिएको छ । यो एप पिटर्सबर्गस्थित कम्पनी वायरलेस ल्याबको हो । कम्पनीले यो एप प्रयोग गर्नेहरुको तस्बिर स्थायी रुपमाले स्टोर नहुने जनाएको छ ।
त्यस्तै प्रयोगकर्ताहरुको निजी डाटामा कुनै हस्तक्षेप नहुने उसले स्पष्ट पारेको छ । कम्पनीले दाबी गरेको छ कि यो एप प्रयोगकर्ताहरुले जुन तस्बिर पठाउँछन्, त्यसैलाई एडिटिङ गर्ने गरिन्छ ।
कम्पनीका अनुसार अहिले विश्वभर यो एपको प्रयोगकर्ता ८ करोड छन् ।
सन् २०१७ मा पनि फेस एपका विषयमा निकै विवाद भएको थियो । यो एपको आलोचना सुरु हुनासाथै त्यतिखेर कम्पनीले माफी माग्दै यो फिचर बन्द गरेको थियो । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago