काठमाण्डौ । फोटन मोटर्सका लागि नेपालमा आधिकारिक बिक्रेता एम.ए.डब्ल्यू. भृद्धि कमर्सियल भेइकल्स प्रालिले नयाँ गाडी भ्यू सीटू फिप्टिन सिटर (View C2 15 Seater)को मूल्य र विशेषता सार्वजनिक गरेको छ।
यो गाडीको अनुमानित मूल्य ५३ लाख रुपैयाँ तोकिएको छ ।
आर्कषक लुक र स्टाईले गर्दा सबैको आखाँ यो गाडीमा सजिलै जान्छ । जसरी फोटनले आफ्नो गाडीहरुमा विश्वस्तरीय इञ्जिनहरुको समावेश गरेको छ, त्यसरी नै यो गाडीमा पनि विश्वस्तरीय इञ्जिन र सुरक्षा मापदण्डहरु समावेश गरिएको छ ।
फोटनले विश्वभर विश्वस्तरीय कमर्सियल गाडीहरु बिक्री गर्दै आइरहेको छ । पछिल्लो समय नेपाली बजारमा पनि बिभिन्न मोडलका फोटन गाडीहरुको बिक्री हुने क्रम बढिरहेको कम्पनीले जनाएको छ । यहीकारण भ्यू सीएस टू एल १९ सिटरको सफल सुरुवातले गर्दा एम।ए।डब्ल्यू। भृद्धिले यो नयाँ गाडी (View C2 15 Seater) नेपाल भित्र्याउने तयारी गरेको हो ।
कम्पनीकाअनुसार यो गाडी नेपालमा २०२१ को सुरुवातसम्म भित्रिने प्रवल सम्भावना छ ।
फोटनले यो समूहमा आफ्नो १५ सिटे गाडी सबैभन्दा बढी किफायती, सुलभ र आनन्ददायी हुने दाबी गरेको छ । यसका लागि फोटनले रिसर्च एण्ड डेभलोपमेन्टमा निकै धेरै समय र उस्तै लगानी समेत गरेको थियो ।
जसरी अरु वातावरणलाई ध्यानमा राखेर बनाईएका गाडीहरु हुन्छन्, त्यसैगरी फोटनको १५ सिटर पनि बनाईएको छ, जसले शून्य प्रतिशत कार्बनडाइअक्साइड उत्पादन गर्छ ।
विश्वभरिका ७० भन्दा बढी वैज्ञानिकहरु फोटनको टेक्नोलोजी सेन्टरमा कार्यरत छन् । यसैले गर्दा फोटनले आफ्नो गाडीहरुमा टेक्नोलोजीको राम्रो प्रयोग गरेको पाईन्छ, जुन भ्यू सीटू फिप्टिन सिटरमा पनि राम्रोसँग समावेश गरिएको छ ।
जसले व्यवसायिक साधनहरुमा लगानी गर्न खोजिरहेका छन्, उनीहरुका लागि फोटोनले भित्र्याउन लागेको १५ सिटर फाईदाजनक साबित हुनसक्ने देखिएको छ ।
गाडीको विशेषता यस्तो छः
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago