काठमाण्डौ । जी.ओ. अटोमोबाईल्स प्रा.लि. (जी.ओ फोर्ड) फोर्ड गाडीको लागि नेपालको आधिकारिक विक्रेताले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करण वुकिङ्ग खुल्ला गरेको छ ।
सन् २०१३ मा बिक्री शुरुवात भएको र सन् २०१७ मा प्रमुख अद्यावधिक (ड्रयागन सीरीज इन्जिन जडित) फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयूभी सेगमेन्ट/श्रेणी मा नै खेल परिवर्तकको रुपमा आएको थियो ।
यसको शक्तिशाली प्रदर्शन, बहुमुखी प्रतिभा, क्षमता, परिस्कृत स्टाइल र उच्चतम प्रविधिले नेपालीका मन जितेका छन् । यसले लगातार नयाँ सुविधाहरु र प्रविधिहरुको साथ आफ्नो श्रेणी÷सेगमेन्ट नै पुन ः परिभाषित गर्दै आएको छ । फोर्ड इकोस्पोर्टमा ग्राहकको विश्वासको कारण मोडल २०२० सम्पूर्ण रुपमा बिक्री भइसकेको छ तथा नयाँ मोडल २०२१ को लागि २०२० को मूल्यमा नै बुकिङ्ग खुल्ला गरिएको कम्पनीले जनाएको छ । यो योजना सीमित अवधिको लागि मात्र उपलब्ध हुनेछ ।
सन् २०२१ संस्करण ईकोस्पोर्ट भरत स्टेज भीइआई(बीएस भीआई) मा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ २०२० संस्करण मूल्यमा वुकिङ्ग खुल्ला गरिएको छ । यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल÷डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ । लाइन–अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५लि. टीआई(भीसीटी) पेट्रोल ईन्जिन समावेश छ । जसले १२२ पीएस पावर र १४९ एनएम टर्क प्रदान गर्दछ । पेट्रोल ईन्जिन पाँच स्पीड म्यानुअल ट्रान्समिशन र ६ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।
ईकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बीएसभीआईमा आधारित १.५ लि. टीडीसीआई डिजल ईन्जिन रहेको छ जसले १०० पीएस पावर र २१५ एनएम टर्क के प्रदान गर्दछ र यो म्यानुअल ट्रान्समिशनमा उपलब्ध छ । यस ईकोस्पोर्टले आकर्षक वाहिरी बनावट, आरामदायी भित्री बनावट तथा स्टाइल लाई कायम राखेको छ । साथै यो सन रुफजडित भेरियन्टमा पनि उपलब्ध छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19