काठमाण्डौ । जी.ओ.अटोमोवाइल्स् प्रा.लि.(जी.ओ.) फोर्ड गाडीको नेपालको लागि आधिकारिक विक्रेताले हालै फोर्डको २०२१ संस्करण २०२० कै मूल्यमा वुकिङ्ग खुल्ला गरेको थियो । क्रिसमसको उपलक्ष्यमा लविम मलले हरेक वर्षझै गर्ने हर्षोल्लासमय पर्वमा फोर्डले सहकार्य गर्दै विभिन्न उपहारहरु ग्राहकमाझ बाढ्ने भएको छ ।

साथै यस उत्सवमा फोर्डको २०२१  संस्करण  गाडी २०२० मूल्यमा बूकिङ्गको व्यवस्था पनि गरिएको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राखी फोर्ड इकोस्पोर्ट र फोर्ड फ्रिस्टाइलको टेष्ट ड्राइभको पनि व्यवस्था गरिएको छ । यस उत्सवमा ग्राहकहरुले विभिन्न अद्भुत र आश्चर्यजनक खेल, प्रतियोगिताहरुको साथै यसपाली अलि फरक किसिमको सान्तासँग अन्तरक्रिया गर्ने मौका पनि प्राप्त गर्न सक्ने छ । पहिला देखि नै  सान्तालाई रातो र सेतो पहिरणमा देख्दै आइरहेको छ भने यसपाली लविममा सान्ता नीलो र सेतो पहिरणमा हुनेछ ।

सो उत्सवमा ग्राहकले आफ्नो छनौटको फोर्ड गाडी अवलोकन तथा टेष्ट ड्राइभ गर्न पाउने सुविधाको पनि व्यवस्था गरिएको छ तथा फोर्ड विक्री प्रतिनिधिले इच्छुक ग्राहक वर्गको लागि विभिन्न फोर्ड गाडीको प्रदर्शन गर्नेछन् । साथै २०२१ संस्करण फोर्ड गाडीको २०२० मूल्यमा वुकिङ्गको पनि व्यवस्था गरिएको छ । 

कम्पनीको डिजिटल प्रचार अन्र्तगत उत्सवमा सहभागीहरुले तल्लो फ्लोरमा रहेको क्रिसमस ट्री (एल जी टी) सँगै फोटो खिची आफ्नो सोसियल मिडिया (पब्लिक पोष्ट) मा निम्न ह्यासट्याग FORD_WINTER_FEST_#FORD NEPAL # LABIM MALL पोष्ट गरी दैनिक आकर्षक उपहार जीत्न सक्नेछन् ।  यस प्रतिस्पर्धाको विजेताल फोर्ड बाट आकर्षक उपहार एमआई फिट ब्याण्ड प्राप्त गर्नेछन् ।

सान्ता बारे तपाईको अवधारणा के छ ? सान्ता जसलाई रातो र सेतो पहिरणमा यस क्रिसमसमा फोर्डले फरक परिदृश्यमा प्रस्तुत गर्दैछन् । हाम्रो सान्ता फोर्डको नीलो पृष्ठभूमीमा राम्रो साजसज्जाका साथ प्रस्तुत हुँदै उपहार चकलेट बाँढ्दै लविम मलको दर्शकमा प्रेमभाव व्यक्त गर्नेछन् ।