काठमाण्डौ । फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक बित्तीय विवरण सार्वजनिक गरेको छ । फ्रस्ट माइक्रो फाइनान्सले पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा ३५.९६ प्रतिशतको वृद्धि हासिल गरेको छ । 

बैंकले बुधबार सार्वजनिक गरेको बित्तीय विवरणअनुसार १ करोड ५० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको नाफा १ करोड १० लाख रुपैयाँमा सीमित थियो ।

माइक्रोफाइनान्स कम्पनीले अघिल्लो आबको पहिलो त्रैमासमा २ अर्ब ३० करोड रुपैयाँ रहेको निक्षेपलाई बढाएर यो वर्ष ३ अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ । 

अघिल्लो आबमा २ करोड २० लाख रहेको खूद ब्याज आम्दानी यो वर्ष बढेर २ करोड ६५ लाख रुपैयाँ पुगेको छ । 

फ्रस्ट माइक्रोफाइनान्सको चुक्तापूँजी २६ करोड ४५ लाख र जगेडा कोषमा ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । 

यो माइक्रोफाइनान्सको निस्क्रिय कर्जा दर शून्य प्रतिशतमा छ । 

फ्रस्ट माइक्रोफाइनान्सको प्रति सेयर आम्दानी  २२.७४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ  १२१.५४ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात ६६.९० गुणा रहेको छ । 

नेपाल राष्टबैंकको मौद्रिक नीति अनुसार होलसेलर माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७४ ७५ सम्म ६० करोड रुपैयाँ पुर्याउनुपर्ने छ । 

फ्रस्ट माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७२/७३ बाट १५ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद दिनेछ । यस्तै, आर्थिक वर्ष २०७३/७३ बाट ५० प्रतिशत हकप्रद निश्कासन गर्ने योजना बनाएको छ ।