काठमाण्डौ । फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले दोश्रो त्रैमासमा खूद नाफा ४३.५५ प्रतिशतले बढाएको छ । 

चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफातर्फ यस्तो प्रगति हासिल भएको उसले आइतबार जारी गरेको वित्तीय विवरणमा उल्लेख छ । फ्रस्ट माइक्रो फाइनान्स दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने बैंक तथा बित्तीय कम्पनीमध्ये पहिलो कम्पनी हो । 

अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा २ करोड ३४ लाख खूद नाफा कमाएको यो बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा नाफा बढाएर ३ करोड ३६ लाख पुर्याएको हो । 

यो माइक्रो फाइनान्सको खूद ब्याज आम्दानी ४ करोड २३ लाखबाट वृद्धि भई ५ करोड ९० लाखको उचाईमा पुुगेको छ । यो बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा संचालन मुनाफा ५ करोड २९ लाख पुर्याएको छ । 

फ्रस्ट माइक्रो फाइनान्सको चुक्तापूँजी समेत गत वर्षको दोश्रो त्रैमासको २३ करोडबाट वृद्धि भई २६ करोड ४५ लाख रुपैयाँ पुुगेको छ । 

जगेडा कोषतर्फ पनि भारि वृद्धि भएको छ भने कर्जा सापटी पनि ४३ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ । यस्तै, अघिल्लो वर्षको दोश्रो त्रैमासमा २० रुपैयाँ ४१ पैसा रहेको प्रति सेयर आम्दानी यो वर्ष सोही अवधिमा बढेर २५ रुपैयाँ ४८ पैसा पुुगेकोछ । यो बैंकको मूल्य आम्दानी अनुपात ३४.६५ गुणा कायम भएको छ भने प्रति सेयर नेटवर्थ १२८.७ रुपैयाँ रहेको छ ।