काठमाण्डौ । त्रैमासिक बित्तीय विवरण प्रकाशनमा नाम जस्तै सधैं फ्रस्ट हँुदै आएको फ्रस्ट माइक्रो फाइनान्सले आफ्नो अग्रतालाई तेश्रो त्रैमासको बित्तीय विवरण प्रकाशनमा समेत निरन्तरता दिएको छ ।

सबैभन्दा अगाडि प्रकाशन भएको यो माइक्रो फाइनान्सको बित्तीय विवरण निकै उत्साहप्रद छ ।

यो माइक्रो फाइनान्सले अघिल्लो तेश्रो त्रैमासको तुलनामा यो वर्ष खुद नाफा ५१.५८ प्रतिशतले बढाएको छ ।

अघिल्लो आर्थिक वर्षको यही अवधिमा ३ करोड ८० लाख रुपैयाँमा सीमित रहेको खुद नाफा बढेर यो वर्ष ५ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा यो माइक्रा फाइनान्स कम्पनीलै ३ अर्ब २८ करोड रुपैयाँ सापटी लिएको छ । व्यवसायमा वृद्धि गरेकै कारण अघिल्ल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा ६ करोड ५३ लाखमा सीमित खुद ब्याज आम्दानीलाई बढाएर यो वर्षको सोही अवधिमा ९ करोड ५१ लख रुपैयाँ पुगेको छ ।

यो अवधिमा माइक्रो फाइनान्सको चुक्तापुँजी २६ करोड ४५ लाख रुपैयाँ र जगेडा कोषमा ९ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

माइक्रो फाइनान्सको निस्क्रिय कर्जा अनुपात शुन्यमा झरेको छ ।

यो कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी  २९.०६ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३७.७४ रुपैयाँ, मुल्य आम्दानी अनुपात ३९.०५ गुणा कायम भएको छ ।

स्मरणरहोस्, यो माइक्रो फाइनान्सले हालै धितोपत्र बोर्डबाट हालको चुक्तापुँजीको ५० प्रतिशतको दरले हकप्रद निश्कासनको स्वीकृति पाएको छ ।