काठमाण्डौ । फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ९ करोड १८ लाख खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा २५.७६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीको खूद नाफा ७ करोड ३० लाखमा सीमित थियो । 

समीक्षा अवधिमा फ्रस्ट माइक्रोफाइनान्सको संचालन मुनाफामा पनि करिब २६ प्रतिशतकै वृद्धि देखिएको छ । अघिल्लो वर्ष ११ करोड ४८ लाखमा सीमित संचालन मुनाफा बढेर १४ करोड ४४ लाख माथि पुगेको हो । 

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण अघिल्लो वर्ष १२ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष १४ करोड ४९ लाख माथि पुगेको छ । 

यो अवधिमा कम्पनीले ४ अर्ब ७५ करोड सापटी लिएर ५ अर्ब १८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा सापटीतर्फ २६ प्रतिशत र कर्जा लगानीतर्फ ३४.१८ प्रतिशतले वृद्धि गरेको देखिएको छ । 

कम्पनीको रिजर्बकोष ३१ प्रतिशतले बढेर १४  करोड ४४ लाखबाट १८ करोड ९२ लाखको उचाईमा पुगेको छ । 

अघिल्लो वर्षको तुलनामा वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) ४.३३ प्रतिशतले बढेर १७.१६ रुपैयाँबाट बढेर १७.९० रुपैयाँको उचाईमा पुगेको छ । 
यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १२७.६५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१.३९ गुणा कायम भएको छ ।