– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन काराबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने १ दिनमात्रै बढेको छ।
अघिल्लो साता १९५९.१२ अंकमा बन्द भएको बजार यो साता १८६६.३४ अंकमा बन्द भएको छ। यस हिसाबले यो साता दोस्रो बजारमा ९२.७८ अंकको गिरावट आएको छ।
अघिल्लो साता दोस्रो बजारमा ८१.८१ अंकले बढेको थियो। यो साता दोस्रो बजारमा ८ अर्ब ९५ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता ६ अर्ब ९५ करोड रुपैयाँबराबर भएको थियो। यस हिसाबले यो साता अघिल्लो साताको तुलनामा करिब २ अर्ब रुपैयाँ बढी कारोबार भएको। अघिल्लो साताको तुलनामा यो साता नेप्से सूचकमा गिरावट आयो भने कारोबार बढेको छ।
प्राविधिक पक्ष
क्यान्डल स्टिकका आधारमा
मैनबत्ती विश्लेषण भनेको १८ औँ शताब्दीमा धान वयापारीले जापानमा प्रयोग गरेको औजार हो। त्यसपछि १९ औँ शताब्दीमा चाल्र्स डाउले यो औजार वित्तीय क्षेत्र तथा सेयर बजारमा प्रयोगमा ल्याएका थिए। यो चार्ट बनाउन ४ वटा मूल्य आवश्यक पर्छ। सुरु, अधिकतम, न्यूनतम र अन्तिम मूल्य आवश्यक पर्छ। जसलाई कम्प्युटरको सहायताले अर्थ र आकार तय गरिन्छ। क्याण्डल स्टिकले छिटो संकेत दिन्छ तर कम विश्वासिलो मानिन्छ।
नेप्सेको चार्टमा यो साता र अघिल्लो साता बनाएको साप्ताहिक क्यान्डलका आधारमा हेर्दा बजारमा बियरिस इन्गल्फिङ क्यान्डल बनेको छ। यदि अघिल्लो हरियो मारुबुजु क्यान्डललाई पछिल्लो रातो मारुबुजु क्यान्डलले पूरै ढाक्छ भने त्यसलाई बियरिस इन्गल्फिङ क्यान्डल भनिन्छ। त्यसविपरीत यदि अघिल्लो रातो क्यान्डललाई र पछिल्लो हरियो क्यान्डलले पूरै ढाक्छ भने त्यसलाई बुलिस इन्गफिङ क्यान्डल भनिन्छ।
हाल नेप्सेको चार्टमा बियरिस इन्गल्फिङ क्यान्डल बनेको देखिन्छ। यो भनेको अघिल्लो साताको तुलनामा बिक्री दबाब परेको भन्ने हो। जसले घट्दो बजारलाई संकेत गर्छ।
बोलिंगर ब्यान्ड, म्याक्डी तथा आरएसआईका आधारमा
साप्ताहिक बोलिंगर ब्यान्डका आधारमा यो साता बजार बोलिंगरको मध्य ब्यान्ड अर्थात् १९७३ मा प्रतिरोध सामना गरेको छ। योसँगै बियरिस मारुबुजु क्यान्डल बनेको छ। साप्ताहिक चार्टमै म्याक्डीमार्फत हेर्दा १२ मार्चमा बनेको बियरिस क्रसओभर भ्यालिड नै छ तर हिस्टोग्राम नेगेटिभ र छोटा–छोटा हुँदै गएका छन्। तर, बुलिस क्रसओभर भइसकेको अवस्था र्नै भने होइन।
आरएसआई ६१ को तहबाट खसेर पुनः ४३ को तहमा आएको छ।
समग्रमा तीनवटै इन्डिकेटरबाट हेर्दा यदि आगामी कारोबारमा मध्य ब्यान्ड ब्रेक गरेर १८९० भन्दा माथि–माथि कारोबार हुन्छ भने बजारको अप ट्रेन्ड मान्न सकिन्छ।

पिभट प्वइन्टका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
पिभटमार्फत बजारलाई हेर्दा यो साता १८६६ मा बन्द भएको बजारले १८९५ को पहिलो सपोर्टलाई भत्काइसकेको छ। अबको सपोर्ट भनेको १८३२ आसपास रहेको छ। बढेमा भने बजारले यसअघिको सपोर्ट विन्दु १८९५ मा नै प्रतिरोध सामना गर्न सक्छ।
बढेमा प्रतिरोध
प्रतिरोध ३– २०८९
प्रतिरोध २– २०२५
प्रतिरोध १– १९९२
पिभट प्वइन्ट : १९२९
घटेमा सपोर्ट 
सपोर्ट १– १८९५
सपोर्ट २– १८३२
सपोर्ट ३– १७९९

निष्कर्ष
अघिल्लो साता ८१.८१ अंकले बढेको बजारमा यो साता ९२.७८ अंकले गिरावट आएको छ। गएका कारोबारमा २ साताको बढोत्तरीपछि यो साता गिरावट आएको हो। अघिल्लो सातासँग तुलना गरेर हेर्दा बजारमा बियरिस इन्गल्फिङ क्यान्डल बनेको छ।
यो साता करिब ९ अर्ब रुपैयाँको कारोबार भएको छ। अघिल्लो साता बजारमा करिब ७ अर्ब रुपैयाँको कारोबार भएको थियो। यस हिसाबले यो साता बजारमा कारोबार बढेको छ भने सूचकमा गिरावट आएको छ।
प्राविधिक रुपमा यो साता नेप्सेको चार्टमा बियरिस इन्गल्फिङ क्यान्डल बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ। तर, आरएसआई ४३ को तहमा रहेका कारण यो इन्भ्यालिड हुने सम्भावना पनि बजारमा त्यत्तिकै रहेको छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19