काठमाण्डौ । आज बजार कारोबारको पहिलो प्रहरमा बढेर २१ सय माथि पुगेको थियो। तर, मध्य समयतिर केही अंक गुमाएको बजार अन्तिममा १२ अंकले बढेर बन्द भएको छ। आज कारोबार भने केही समययताकै कम २ अर्ब ३७ करोड रुपैयाँबराबर भएको छ।
प्राविधिक रुपमा केही समययताको बजारलाई हेर्दा ८ वटा कारोबारमा बजार मध्य ब्यान्डभन्दा माथि–माथि टिकेर बन्द भएको छ। अप्पर ब्यान्ड र लोवर ब्यान्डको दूरी पनि विस्तारै घट्दै गएको छ। यसले बजारमा ट्रेन्ड परिवर्तन हुन सक्ने बुझिन्छ।
आज २०९७ मा बन्द भएको बजार आगामी कारोबारमा यदि २११८ भन्दा माथि बन्द भएमा पुनः अप ट्रेन्ड जान सक्छ। यसविपरीत २०६० भन्दा तल झरेमा बजारमा करेक्सन आउन पनि सक्छ।
डेली बेसमा म्याक्डीमार्फत बजारलाई हेर्दा गत ३ जुलाईमा बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ। तर, हिस्टोग्राम नेगेटिभ रहे पनि क्रमशः छोटा–छोटा हुँदै गएका छन्।
आरएरसआई ५८ को तहमा रहेको छ। यस्तो विन्दु ६० बाट माथि लागेमा पुनः बजारले अप ट्रेन्ड लिन सक्छ।
समग्रमा तीनवटै इन्डिकेटरबाट हेर्दा मध्यब्यान्डमा सपोर्ट लिएको बजार अझै केही दिन टिकेको खण्डमा अप ट्रेन्ड लिन सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19