काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ९.८७ अंकले बढेको छ ।

अघिल्लो कारोबार दिन भने बजार २०.६७ अंकले बढेको थियो । यो दिन बजार बढेर १ हजार ८६०.२० को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.७६ अंकले बढेर ३५६.९८ को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २९२ कम्पनीका ४४ लाख २० हजार ५१८ कित्ता सेयर १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारको विषयमा बजार जानकार एवम् नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्,‘ब्याजदर घट्दै जानु र नेपाल राष्ट्र बैंकले प्रथम त्रैमासका मौद्रिक नीति समीक्षामार्फत् केहि लचक गर्न लागेको भन्ने समाचारले बजार सकारात्मक बाटोमा अगाडि हो ।ब्याजदर पुस महिनामा पनि अझै घट्न सक्छ ।यहि कारणले गर्दा नै केहि दिनयता देखि बजार सकारात्मक भएको हो ।’

अर्का बजार जानकार सूर्यनारायण पौडेल पनि मौद्रिक नीतिको समीक्षामा केहि लचकता आउने अपेक्षाका कारण बजार बढेको बताउँछन् । उनी भन्छन्, ‘यहि समाचारका कारण बजारमा राम्रा र बलिया कम्पनीको एकुमुलेसन चलेको देखिन्छ ।हिजोआज ट्रेडरले खरिद गर्दा पनि बजार र सूचक बढेको हो ।प्राविधिक रुपमा पनि बजार १ हजार ८७० भन्दा माथि गएमा बजार २ हजार २०० सम्म पुग्न सक्दछ ।’

आज नेप्से उपसमूहमा रहेका १३ ओटा उपसमूहमध्ये अन्य समूह, लघुवित्त समूह र बैंकिङ समूहबाहेक सबै समूहमा हरियाली छाएको छ ।  यो दिन बैंकिङ समूह ०.७२ प्रतिशतले घटेको छ  । यसैगरी लघुवित्त समूह ०.२८ प्रतिशतले घटेको छ  ।

यसैगरी, यो दिन सबैभन्दा बढी जीवन बीमा समूह ३.३७ प्रतिशतले बढेको छ । यसैगरी दोस्रोमा विकास बैंक समूह १.७५ प्रतिशतले बढेको  छ। त्यस्तै व्यापार समूह चाहिं १.१६ प्रतिशतले बढेको छ । यसैगरी वित्त समूह १.१४ प्रतिशतले बढेको छ  ।  
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन नवील बैंककोे सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको सर्वाधिक १३ करोड १० लाखभन्दा बढीको सेयर कारोबार भएको छ । उक्त कम्पनीले बिहीबार मात्रै ११ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । उक्त  लाभांश घोषणा पछि कम्पनीको सेयरभाउ यो दिन ८.२० प्रतिशतले घटेको छ ।

यसैगरी, दोस्रोमा सोनापुर मिनरल्स एण्ड आयलको ९ करोड ५८ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन बुद्धभूमि हाइड्रोपावर नेपालको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अघिल्लो कारोबार दिन पनि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो । उक्त कम्पनीका सेयरधनीले सवैभन्दा बढी कमाएका छन् । यसैगरी, थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य पनि ८.५८ प्रतिशतले उकालो लागेको छ । 

 यसैगरी, यो दिन सिक्लेश हाइड्रोपावर कम्पनीको सेयर भाउ ८.५४ प्रतिशतले उकालो लागेको छ । सानीमा रिलाइन्स लाइफ इन्स्योरेन्स कम्पनीको सेयर भाउ पनि ८.२५ प्रतिशटले उकालो लागेको छ । यसैगरी यो दिन नवील बैंको सेयरभाउ सर्वाधिक कारोबार भएर पनि ८.२० प्रतिशतले सेयर भाउ घटेको छ । त्यस्तै किसान लघुवित्त वित्तीय संस्थाको सेयर भाउ ५.७८ प्रतिशतले घटेको छ ।