काठमाण्डौ । अहिले बजारमा ६ खर्ब रुपैयाँभन्दा बढी नगद परिचालन रहेको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक जेठ मसान्तसम्मको रिपोर्टअनुसार बजारमा अहिले ६ खर्ब ८ अर्ब ५१ करोड ५९ लाख रुपैयाँ परिचालन छ। गत असार मसान्तसम्म बजारमा ६ खर्ब १२ अर्ब २ करोड रुपैयाँ परिचालन थियो। 

अघिल्लो वर्षको तुलनामा नगद परिचालन घटेको छ। 

उता सरकारको खातामा भने नगद मौज्दात घटेको छ। 

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सरकारको खातामा १ खर्ब ६६ अर्ब २६ करोड रुपैयाँ रहेको छ। गत असार मसान्तमा सरकारको खाता २ खर्ब २५ अर्ब ५० करोड ६८ लाख रुपैयाँ रहेको थियो। यो हिसाबले सरकारी कोष ५९ अर्ब २४ करोडले घटेको छ।