काठमाण्डौ । सेयर बजार आज दिनभर करिब ३२ अंकको उतारचढावपछि अन्तिम समयमा झन्डै ५ अंकले बढेर बन्द भएको छ।

लगातार ३ दिन घटेको बजारमा आज डोजी आकृतिको क्यान्डल देखा परेको छ। बजार घट्दो ट्रेन्डमा रहेको बेला डोजी देखा परेमा त्यसले ट्रेन्ड परिवर्तन हुन सक्ने कुरालाई संकेत गर्छ। 

यस्तो अवस्थामा रातो लामो क्यान्डलपछि डोजी देखा पर्छ। यसले बजारमा आपूर्ति हराउँदै गरेको र माग बढ्दै गरेको संकेत दिन्छ। यसलाई बुलिस डोजी स्टार पनि भनिन्छ। तर, यसको कन्फर्मेसनकै लागि भने आगामी कारोबारमा बजार बुधबारको उच्च विन्दु करिब २०७५ को विन्दु माथि बन्द हुनुपर्नेछ। 

बोलिंगर ब्यान्डमार्फत हेर्ने हो भने अपर ब्यान्ड छोडेको बजार मध्य ब्यान्डसम्म आउन पनि सक्छ। म्याक्डीमार्फत हेर्दा भने विस्तारै हिस्टोग्राम फिक्का हुँदै गरेको देखिन्छ। 

डेली बेसमा आरएसआई ७५ को तहबाट खसेर हाल ६५ को विन्दुमा बन्द भएको छ। 

समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा बजारमा करेक्सन चल्दै गरेको बुझिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।