काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ३.०४ अंकले बढेको छ।
यो दिन ३.०४ अंकले बढेको बजार १ हजार ८७८.७० को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१८ अंकले बढेर ३६३.१३ को विन्दुमा पुगेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २८७ कम्पनीका २८ लाख २४ हजार ७ कित्ता सेयर ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बढेको बजार बारे बजार जानकार गोविन्द प्रसाद घिमिरे भन्छन्, ‘दशैँ अगाडी बढेको मार्केटमा हिजो करेक्सन देखिएको हो । १६ महिनादेखि नेप्से इन्डेक्स तल्लो विन्दुमा नै छ । अझै पनि सेयरमार्केट फेस्टिभ मुडमा नै छ । मार्केट अझै केही समय दबाबमा नै रहन सक्छ । लामो समयदेखि सुस्त गतिमा रहेको सेयरमार्केटमा साइडवेजमा नै कारोबार हुन्छ ।’
अर्का बजार जानकार अजय सिंह थापा (जय शम्भु) भन्छन्, ‘आजको मार्केट सामान्य स्क्याण्डल मात्र हो । धेरै सकारात्मक छैन । प्राविधिक रुपमा समेत बलियो अवस्थामा नरहेको देखिन्छ । दिपावलीपछि मार्केटमा केही सुधार हुन सक्ला । अन्तरराष्ट्रिय द्वन्द्वका समाचारहरुले गर्दा त्यसको प्रभाव नेपाली पूँजीबजारमा देखिएको हो । नेप्से इन्डेक्स १८ सय नजिक पुग्न सक्ने देखिन्छ । त्योभन्दा तल नै जाने सम्भावना भने कम छ । नकारात्मक न्यूजले सेयरमार्केटमा असर गरेको हो । लगानीकर्ताको बजारप्रति सेन्टिमेन्ट पनि राम्रो छैन ।’
आज नेप्से उपसमूहमा रहेका होटल एन्ड टुरिज्म, म्यानुफ्याक्चर एन्ड प्रोसेसिङ र म्युचुअल फन्ड बोहक अरु १० ओटै समूहमा हरियाली छाएको छ । यो दिन म्यानुफ्याक्चर एन्ड प्रोसेसिङ सवैभन्दा बढी ०.८० प्रतिशतले घटेको छ ।
यसैगरी, म्युचुअल फन्ड ०.४६ प्रतिशतले घटेको छ। यो दिन सवैभन्दा बढी निर्जीवन बीमा समूह०.८६ प्रतिशतले बढेको छ। त्यसैगरी ब्यापार समूह ०.८१ प्रतिशतले बढेको छ। त्यसपछि फाइनान्स समूह ०.८० प्रतिशतले बढेको छ। विकास बैंक समूह भने ०.७४ प्रतिशतले बढेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु
साधना लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनीको सर्वाधिक ३ करोड ६० लाख ७४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यसैगरी दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २३ लाख ५ हजार बराबरको कारोबार भएको छ । यसैगरी सिद्धार्थ बैंकको संस्थापकको २ करोड ९० लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन पञ्चकन्य माई हाइड्रोपावरको सेयरमूल्य ७.८२ प्रतिशतले उकालो लागेको छ । यो कम्पनीका सेयरधनीले सवैभन्दा बढी कमाएका छन् । यसैगरी मन्दाकिनी हाइड्रोपावरको सेयरभाउ ५.८९ प्रतिशतले उकालो लागेको छ । त्यस्तै, सुपर मादी हाइड्रोपावरको सेयर भाउ भने ५.२६ प्रतिशतले उकालो लागेको छ ।
यसैगरी, सोनापुर मिनरल्स एन्ड आयलको सेयर भाउमा नकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको सेयर भाउमा दोस्रो बजारमा कारोबार शुरु भएको पहिलो दिन गत आइतबार पनि नकारात्मक सर्किट लागेको थियो ।
यसैगरी, विन्धवासिनी हाइड्रोपावरको सेयरभाउ ६.६७ प्रतिशतले ओरालो लागेको छ ।त्यस्तै अप्पर सोलु हाइड्रोपावरको सेयरमूल्य ६.५८ र लक्ष्मी उन्नति कोषको इकाई मूल्य ४.२९ प्रतिशतले ओरालो लागेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19