काठमाण्डौ ।साताको दास्रो कारोबार दिन मंगलबार सेयर बजार २३.८२ अंकले घटेको छ ।
अघिल्लो कारोबार दिन १.३९अंकले बढेको बजार यो दिन २३.८२ अंकले घटेर १ हजार ८२९.६५ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.४८ अंकले घटेर ३५२.०५ को विन्दुमा पुगेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २८५ कम्पनीका ३६ लाख ७५ हजार १०१ कित्ता सेयर ९५ करोड ४७ लाख ९५ हजार ८३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारको विषयमा बजार जानकार नयन बास्तोला भन्छन्,‘केहि दिनदेखि निरन्तर लगानीकर्ताको मनोबल खस्कंदा बजार घटेको हो ।यसमा काठमाण्डौमा अवको केहिदिन पछि हुन लागेको सम्भाबित आन्दोलनको प्रभाव पनि देखिन्छ ।यसको बढी प्रभाव आज नै लघुवित्त समूहमा देखिएको छ ।तर यसरी डराउनु पर्ने कुनै कारण भने छैन । किन कि बिना कारण कसैले पनि ऋण मिनाहा गर्दैन ।देशको अर्थतन्त्र बिग्रिहालेको पनि छैन ।’
उनका अनुसार अफवाह फैलाएर सेयर खोस्ने दाऊ पनि हुन सक्छ । त्यसैले लगानीकर्ता यसतर्फ सचेत हुनु पर्दछ । अर्का बजार जानकार दामोदर गजुरेलेको विचारमा बजार घट्नुमा राजनीतिक अस्थिरता पनि हो ।यसले बजारमा एउटा समूह तर्सिएको जस्तो पनि देखिन्छ ।
उनले थपे, ‘सूचीकृत कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विवरण पनि अपेक्षित मात्रामा राम्रो आउन सकेन । यद्यपि प्रधानमन्त्री तहबाटै अर्थतन्त्र सुधारका लागि सक्रियता देखिएको र आगामी मौद्रिक नीति थप खुकुलो भएमा बजार तुरुन्तै बाउन्स हुन सक्छ ।’
आज नेप्से उपसमूहमा रहेका १३ ओटा उपसमूहमध्ये म्युचुअल फण्ड समूहबाहेक सबै समूहमा रातो पोतिएको छ । यो दिन सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह ३. १२ प्रतिशतले घटेको छ ।
यसैगरी, दोस्रोमा लघुवित्त समूह २.८९ प्रतिशतले घटेको छ। यो दिन होटल तथा टुरिजम समूह २.६२ प्रतिशतले घटेको छ । यो दिन म्युचुअल फण्ड भने ०.४२ प्रतिशतले बढेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन डिस्टीलरीका सेयरधनीले सर्वाधिक कमाएका छन् । कम्पनीको सर्वाधिक ७ करोड ७८ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । यसैगरी, दोस्रोमा सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको ४ करोड ३९ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन मेन्छियाम हाइड्रोपावरको सेयरमूल्य ८.१३ प्रतिशतले उकालो लागेको छ । यो कम्पनीका सेयरधनीले सवैभन्दा बढी कमाएका छन् । यसैगरी, विपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयरभाउ ७.४६ प्रतिशतले उकालो लागेको छ ।
यसैगरी, यो दिन माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयर भाउ दोस्रो दिन पनि नकारात्मक सर्किट लागेको छ । यो दिन कम्पनीको सेयरभाउ करिब १० प्रतिशतले घटेको छ । त्यस्तै महिला लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरको सेयरमूल्यमा ८.४६ प्रतिशतले घटेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19