काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार २०.६७ अंकले बढेको छ ।
अघिल्लो कारोबार दिन २३.८२ अंकले घटेको बजार यो दिन बढेर १ हजार ८५०.३३ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१५ अंकले बढेर ३५४.२१ को विन्दुमा पुगेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २९४ कम्पनीका ४२ लाख १३ हजार २८५ कित्ता सेयर १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारको विषयमा बजार जानकार अजय सिंह थापा(जयसम्भु) भन्छन्, ‘आज बजार बढ्नुमा केहि कारणहरु छन् । जस्तो, बजार धेरै घटेर १ हजार ८१७ आसपासमा आएको थियो ।अघिल्लो पटक पनि बजार यहि विन्दुबाट फर्किएको थियो ।र आज पनि त्यहि विन्दुमा सपोर्ट लिएर फर्किएको छ । क्रमिक रुपमा ब्याजदर घट्दै जानुले पनि बजारलाई सपोर्ट गरेको जस्तो देखिन्छ ।र आगामी मौद्रिक नीतिको त्रैमासिक समीक्षामा केहि सेयरबजारबारे लचक हुन लागेको समाचारले पनि बजार बढाउन मद्धत गरेको हो ।’
अर्का बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘खासगरी आज बजार बढ्नुमा सेयरको भाउ सस्तो हुँदै जानु एउटा कारण हो भने अर्को भनेको ब्याजदर घट्दै जाँदा पैसा पनि सस्तो हुँदै गएको जस्तो देखिन्छ ।सेयर बजारमा ब्याजदर घट्दै जाँदा बजार बढ्दै जाने गर्दछ ।त्यसैले क्रमिक रुपमा ब्याजदर घट्दै जाँदा बजार बढ्दै गएको हो ।’
आज नेप्से उपसमूहमा रहेका १३ ओटा उपसमूहमध्ये म्युचुअल फन्ड समूहबाहेक सबै समूहमा हरियाली छाएको छ । यो दिन म्युचुअल फण्ड ०.०३ प्रतिशतले घटेको छ । यसैगरी यो दिन सबैभन्दा बढी होटल एन्ड टुरिजम समूह ३. ४९ प्रतिशतले बढेको छ । यसैगरी दोस्रोमा हाइड्रोपावर समूह २.३६ प्रतिशतले बढेको छ। यसैगरी अन्य समूह १.८४ प्रतिशतले बढेको छ । त्यस्तै निर्जीवन बीमा समूह चाहिं १.२९ प्रतिशतले बढेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको सर्वाधिक १० करोड ७६ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । यसैगरी दोस्रोमा प्राइम कमर्सियल बैंकका संस्थापकतर्फको १० करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन बुद्धभूमि हाइड्रोपावर नेपालको सेयरमूल्यका सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका सेयरधनीले सवैभन्दा बढी कमाएका छन् । यसैगरी, पञ्चकन्या माई हाइड्रोपावरको सेयरमूल्य पनि ९.९५ प्रतिशतले उकालो लागेको छ ।
यसैगरी, यो दिन माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयर भाउ तेस्रो दिन भने ९.९२ प्रतिशतले उकालो लागेको छ । अघिल्लो कारोबार दिन भने उक्त कम्पनीको सेयरभाउमा नकारात्मक सर्किट लागेको थियो । त्यस्तै, थ्री स्टार हाइड्रोपावर र पिपुल्स हाइड्रोपावरको सेयरमूल्य पनि क्रमश ः९.७२ र ९.४१ प्रतिशतले बढेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19