काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार ७.२९ अंकले घटेर १ हजार ८५१.२३ को विन्दुमा बन्द भएको छ ।

गत साता बजार १८.०६ अंकले घटेर१ हजार ८५८.५३ को विन्दुमा बन्द भएको थियो । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६५अंकले घटेर ३५४.४३ को विन्दुमा पुगेको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये २९३ कम्पनीका ३४ लाख १९ हजार ७३ कित्ता सेयर ९६ करोड ४० लाख १० हजार ४३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारको विषयमा बजार जानकार महेश रिजाल भन्छन्,‘बजार बढ्न नसक्नुमा लगानीकर्तामा आत्मविश्वास नहुनु नै प्रमुख कारण हो । बजार अहिले पनि साइडवेजकै अवस्थामा छ ।लगानीकर्ताहरु मौद्रिक नीतिको समीक्षाको पर्खाइमा छन् ।प्रत्यक्ष रुपमा यसले बजारलाई प्रभाव नपार्ने भएता पनि यो बजारलाई सकारात्मक प्रभाव आउने गरि नै आउँन सक्छ ।’

उनका अनुसार बजार अब धेरै घटे २० ३० अंक नै घट्ने हो ।अर्का बजार जानकार प्रेम ओली भन्छन्, ‘हिजोआजको बजारमा खासै उत्साह देखिदैन ।किन कि ठूला लगानीकर्ताले बजारमा चासो देखाएको देखिएन, किन भने चासो दिने वातावरण पनि बनेको छैन  र बैंकहरुले ठूला लगानीकर्तालाई सहज रुपमा अहिले पनि लोन दिएका छैनन् । किन कि अहिलेको जोखिम भारले नै कर्जा प्रवाहलाई असर पारेको छ ।’ उनका अनुसार  नेपाल राष्ट्र बैंककै कारण बजार सिथिल भएको हो ।त्यसैले नीतिमा कुनै फेरबदल नभए बजार अझै १ हजार ८०० देखि २ हजार २०० सम्म एक वर्ष नै जान सक्ने सम्भाबना रहेको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूह मध्ये  लघुवित्त समूह बाहेक अरु सबै समूह राताम्मे भएको छ ।यो दिन लघुवित्त समूह ०.०६ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी फाइनान्स समूह ०.५५ प्रतिशतले घटेको छ  ।

यसैगरी, दोस्रोमा होटल एन्ड टुरिजम समूह ०.५४ प्रतिशतले घटेको छ  ।यसैगरी, यो दिन अन्य  समूह ०.५३ प्रतिशतले घटेको छ । 
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन सबैभन्दा बढी सोनापुर मिनरल्स एन्ड आयलको ६ करोड ९५ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । यसैगरी ह्याथवे कम्पनीको ३ करोड १५ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ७७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यस्तै यूनाइटेड ईदी मर्दि हाइड्रोपावरको २ करोड ७० लाख बराबरको सेयर कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरैले बढेको छ । यो दिन कम्पनीको सेयरभाउ ९.६३ प्रतिशतले बृद्धि भएको छ । यसैगरी,  सबैको लघुवित्त वित्तीय संस्थाको सेयरभाउ ९.०४ प्रतिशतले उकालो लागेको छ ।

त्यसैगरी, इंग्वा हाइड्रोपावरको सेयरमूल्य ८.६३ प्रतिशतले उकालो लागेको छ ।
त्यस्तै, यो दिन माउन्टेन इनर्जि, यूनाइटेड ईदी मर्दि हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमन्टको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।