काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार ३२.७७ अंकले घटेर २ हजार १०९.१० को विन्दुमा बन्द भएको छ ।

बिहीबार राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६ अंकले घटेर ३९६.६२ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये  ३०४ वटा कम्पनीका १ करोड ७१ लाख ७२ हजार १४९  कित्ता सेयर ६ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
 

अघिल्लो कारोबार दिन बुधबार भने ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । 

आजको बजारको विषयमा बजार जानकार शालिक राम ढकाल भन्छन्, ‘आजको बजार घटाई नाफा बुक हो  ।प्राविधिक रुपमा इन्ट्राडे करेक्सन हुँदै बजार अगाडि बढेको थियो । आज केहि अंकले बजार घटेको छ ।तर कारोबार ६ अर्ब रुपैयाँभन्दा बढी नै भएको  छ।बजार विस्तारै बढ्ने नै हो ।केहि दिन करेक्सन भएर बजार फेरि सम्हालिन्छ ।प्राविधिक रुपमा पनि आरएसआई ओभर बट जोनमा थियो ।’

अर्का बजार जानकार केशव कोइराला(काका) भन्छन्,‘लगातार ३५० अंकभन्दा बढी बढेको बजारमा नाफा बुक भएको छ । यसले बजार करेक्सन भएको संकेत गर्दछ ।यो लगानीकर्ताका गल्तिलाई पनि करेक्सन गर्ने अवसर हो । साथसाथै सेयर खरिद गर्न छुटेका लगानीकर्तालाई पनि किन्ने अबसर हो ।’


उनका अनुसार बजार घटाईलाई लगानीकर्ताले सकारात्मक रुपमा लिनु पर्दछ ।बजारले थप शक्तिसञ्चय गरेको छ र भोलुम पनि राम्रो आएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ ओटा समूह मध्ये म्यानुफ्याक्चर एन्ड प्रोसेसिङ र व्यापार समूह बाहेक अरु सबै समूहमा रातो पोतिएको छ । यो दिन सबैभन्दा बढी विकास बैंक समूह ३।२३ प्रतिशतले घटेको छ ।

त्यसैगरी, वित्त समूह ३.१० प्रतिशतले घटेको छ ।यस्तै होटल एन्ड टुरिजम २.९९ प्रतिशतले घटेको छ ।यो दिन सबैभन्दा बढी उत्पादन तथा प्रोसेसिङ समूह ७.१५ प्रतिशतले बढेको  छ। यसैगरी, यो दिन जीवन बीमा  २.७८ प्रतिशतले  घटेको  छ।

त्यस्तै लघुवित्त समूह  २.०२ प्रतिशतले घटेको  छ। त्यसैगरी, यो दिन म्यानुफ्याक्चर एन्ड प्रोसेसिङ समूह भने २.३६ प्रतिशतले बढेको छ । यस्तै व्यापार समूह ०.५६ प्रतिशतले बढेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन पनि पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट्सको भएको  छ। कम्पनीको ३० करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यसैगरी, दोस्रोमा सोनापुर आयल एन्ड मिनरल्सको २५ करोड ४७ लाख रुपैयाँभन्दा बढीको सेयर बिक्री भएको  छ।

यसैगरी, तेस्रोमा हिमालयन डिष्टीलरीको २० करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। हाथवे इन्भेष्टमेन्ट नेपालको १५ करोड ३६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ। त्यस्तै घोराही सिमेन्टको १५ करोड २३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
त्यस्तै, यो दिन बोटलर्स नेपाल(बालाजु),आशा लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, चिरख्वा हाइड्रोपावर,भिजन लुम्बिनी ऊर्जा कम्पनी,मुक्तिनाथ कृषि कम्पनी, नेपाल रिपब्लिक मिडिया, मान्डू हाइड्रोपावर र नेपाल वेयरहाउजिङ्गको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

ती कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढेको  छ। यसैगरी, यो दिन सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयरमूल्य ७.४४ प्रतिशतले घटेको छ ।

त्यस्तै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७.२६ प्रतिशतले घटेको  छ।