काठमाण्डौ ।लामो समयपछि अन्तत : नेप्से परिसूचक २ हजार विन्दुको मनोबैज्ञानिक प्रतिरोधलाई पार गरेको छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा सेयरबजारप्रति थप लचकता अपनाएपछि बढ्न थालेको बजार साताको चौथो कारोबार दिन नेप्से परिसूचक २ हजार विन्दु पार गरेको छ। मौद्रिक समीक्षापछि १ हजार ८०० विन्दुमा रहेको बजार करिब २०० अंकले बृद्धि भइसकेको छ।
मंगलबार भने नेप्से सूचक २ हजार विन्दु नजिक पुगेर झरेको थियो ।लामो समयपछि नेप्सेको चार्टमा मंगलबार ‘बुलिस हरामी’ क्यान्डल बनेको थियो।
जापानी भाषामा हरामीको अर्थ गर्भवती महिला भन्ने बुझिन्छ। जब क्यान्डल स्टिकको प्याट्रन बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिलाजस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल भनेर बुझिन्छ। लामो समयपछि नेप्सेको चार्टमा सोमबार र मंगलबारको कारोबारलाई मिलाएर हेर्दा बुलिस हरामी क्यान्डल बनेको देखिन्छ। यसले ट्रेन्ड रिभर्सलको संकेत गर्छ।
पिभट्मार्फत् अबको नजिकको प्रतिरोध हेर्दा नजिकको प्रतिरोध २ हजार ३० देखि २ हजार ४० मा लिन सक्छ । तर २ हजार विन्दुलाई पनि मनोबैज्ञानिक प्रतिरोधको रुपमा लिइएको थियो। नेप्सेले यो विन्दुलाई सजिलै पार गरेको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत् लचकता ल्याएको दिनदेखि नै सेयर बजारमा बढ्न थालेको छ । बैंकहरुले पनि ब्याजदर घटाएका छन् ।
उता अर्थमन्त्रीले पनि बुधबार नै पत्रकार सम्मेलन गरेर सेयर र घरजग्गा कारोबार बढ्न शुरु भएको बताएका छन्। उनले हालै सेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको पनि बताएका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19