– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। बजार ३ दिन बढ्यो भने १ दिन घटेको छ। 

अघिल्लो साता २०५५.५३ अंकमा बन्द भएको बजार यो साता २१५०.९९ अंकमा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा ९५.४६ अंकले बढोत्तरी भएको छ। अघिल्लो साता पनि बजार १३.४६ अंकले बढेको थियो। 

यो साता बजारमा ४ दिनको कारोबारमा २३ अर्ब २५ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यस हिसाबले दैनिक औसत ५ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको छ। 

अघिल्लो साता यस्तो कारोबार ५ दिनमा २० अर्व ६६ करोड रुपैयाँबराबर भएको थियो। यस हिसाबले यो साता अघिल्लो साताको तुलनामा नेप्से सूचक र कारोबार दुवै बढेको छ। 

लगातार ४ सातादेखि बढेको बजार ३०० अंकले उकालो लागेको छ। योसँगै बजार पुँजीकरण ३१ खर्ब ५० अर्ब १३ करोड रुपैयाँबराबर पुगेको छ। 

प्राविधिक पक्ष

इलिअट वेभका आधारमा

बजारलाई इलिअट वेभको सानो टाइम फेरेमबाट नियाल्दा र पछिल्लोपटकको न्यून विन्दु करिब १८०८ लाई आधार  मन्दा वेभ–१ मा १९७५ सम्म र वेभ–२ मा फिवोनासीको ०.६१ सम्म करेक्नस भएर करिब १८५० सम्म आएको देखिन्छ।  बजार सानो टाइम फेरेमको वेभ–३ करिब २१२६ मा सकिएको देखिन्छ। त्यसपछि फिवोनासीको ०.२३  प्रतिशतमात्रै करेक्सन भएर अर्थात बजार २०४० सम्म  आएर वेभ–४ सकिएको देखिन्छ। यस हिसाबले हेर्दा यदि वेभ–४ बजारले बनाइसकेको हो भने यो साताको बढोत्तरी वेभ–५ हुनुपर्छ। 

यहाँनेर विचारणीय विषय के छ भने वेभ–३ नरमल चलेका कारण अब वेभ–५ केही एक्सटेन्डेड हुन सक्ने सम्भावाना पनि रहन्छ। यदि त्यसो हो भने वेभ–५ एक्सटेन्डेड रुपमा २२८० सम्म चल्न सक्छ। त्यसपछि भने ए, बी र सी करेक्सन हुँदै बजार पुनः २१२१ सम्म आउन पनि सक्छ। 

सुपर ट्रेन्डका आधारमा 

यो साता सुपर ट्रेन्डका आधारमा बजार बुलिस क्रसओभर बनेको छ। साप्ताहिक चार्टमा सुपर ट्रेन्डमा मूल्यरेखाले ट्रेन्ड लाइनलाई तलबाट काटेर माथि लागेको छ। अर्थात् मूल्यरेखाहरु ट्रेन्ड लाइनभन्दा माथि–माथि चल्न खोजेको देखिन्छ। तर, यसको कन्फर्मेसन नै भइसकेको अवस्था भने होइन (हेर्नुहोस् कालो एरो)। यसका लागि बजार आगामी साता पनि सकारात्मक हुनुपर्नेछ।

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा 

बोलिंगर ब्यान्डका आधारमा यो साता मूल्यरेखाले अप्पर ब्यान्ड छोएको छ। यदि आगामी कारोबारमा  मूल्यरेखा अप्पर ब्यान्डसँगै चल्छ भने बजार अप ट्रेन्डमा चलेको मान्न सकिन्छ। 

साप्ताहिक चार्टमै बजार म्याक्डीमार्फत हेर्दा ३ सातापहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै छ भने हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन्। 

साप्ताहिक रुपमै आरएसआई ६२ को तहमा चलेको छ। समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा बजार बुलिस नै चलेको देखिन्छ। 

पिभट विश्लेषणका आधारमा

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतार–चढाव निकालिन्छ। 

बढेमा प्रतिरोध 

  • प्रतिरोध ३ –२२६०
  • प्रतिरोध २ –२१९०
  • प्रतिरोध १– २११९

पिभट प्वइन्टः १८७०

घटेमा सपोर्ट 

  • सपोर्ट १– १७७९
  • सपोर्ट २– १७०८
  • प्रतिरोध ३ –१६०८

निष्कर्ष

यो सातासहित सेयर बजार लगातार ४ साता बढेको छ। यो ४ सातामा बजार ३०० अंकले बढेको छ। बजार बढ्दा क्रमशः भोलुम पनि बढ्दै गएको छ। यो भनेको बजारको सकारात्मक पक्ष हो। 

अब बजार बुलिस नै चल्न भने सेक्टर रोटेसन पनि हुन आवश्यक देखिन्छ। खासगरी हालसम्म होटेल तथा पर्यटन समूह पहिलो नम्बरमा देखिन्छ भने यो साता सेक्टर रोटेसनमा दोस्रो नम्बरमा जीवन बीमा, तेस्रोमा निर्जीवन बीमा र चौथोमा व्यापार समूह छन्। पाँचौँ र छैटौँमा वित्त र लघुवित्त समूह परेका छन्। सातौँ, आठौँ, नवौँ, दसौँ र एघारौँमा क्रमशः अन्य, उत्पादन तथा प्रशोधन, विकास बैंक, लगानी, जलविद्युत र वाणिज्य बैंक समूह परेका छन्। 
सेक्टर वाइज रुपमा बजारलाई हेर्दा यो साता पनि होटेल र जीवन बीमा र निर्जीवन बीमा समूह नै देखिन्छन्। वाणिज्य बैंक र जलविद्युत समूह भने पछाडि देखिन्छन्। 

जलविद्युत समूह लामो समयदेखि नचले पनि आगामी साताबाट गति लिन सक्छ। किनकि साप्ताहिक रुपमा हेर्दा यो साता म्याक्डीमा बुलिसक्रस बनेको र ३ सातादेखि बोलिंगरको मध्य ब्यान्डमा टिकेको देखिन्छ। 

यो साता अन्तिम कारोबार दिन (बुधबार)मा घटेको बजारले यदि आगामी साता २१३० भन्दा तल झरेमा केही अंक गुमाउन सक्छ भने २२०० माथि टिकेमा आगामी साता पनि अप ट्रेन्डमा चल्न सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।