काठमाण्डौ । सेयर बजारमा आज करिब ५० अंकको उतारचढाव भएको छ। अन्मितमा बजार २६.६६ अंकले घटेर बन्द भएको छ। 

आजको कारोबारमा पहिलो प्रहरमा बढेको बजार अन्तिममा घटेर बन्द हुँदा कारोबार भने बढेको छ। बजार घट्दा कारोबार बढ्नु बिक्री दबाब नै हो। अन्तिम समयमा करिब १ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ। 

प्राविधिक रुपमा आजको बजारलाई हेर्दा १ घन्टाकै समयावधिमा हेर्दा बोलिंगरको अप्पर ब्यान्ड छोएर मध्य ब्यान्डतर्फ आकर्षित हुन खोजेको देखिन्छ। यो भनेको यदि बजार घट्छ भने मध्यब्यान्ड अर्थात २१८० मा सपोर्ट लिन आउन सक्छ। 

म्याक्डीमार्फत हेर्दा केही समयपहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ। आरएसआईमार्फत हेर्दा ओभरबट जोनबाट झरेर केही करेक्सन हुँदै गरेको देखिन्छ। 

एमएफआईमार्फत हेर्दा हाल ६३ को तहमा रहेको छ। यस्तो विन्दु अघिल्लोपटक ८७ को विन्दुमा पुगेपछि बजार खसेको थियो। 

समग्रमा चारवटै इन्डिकेटरमार्फत बजारलाई हेर्दा नाफा बुक चलेको र यस्तो करेक्सन अझै चलेमा बजारले २१८० मा बलियो सपोर्ट लिन सक्ने देखिन्छ। 

बजारलाई पिभटमार्फत हेर्दा आज दोस्रो प्रतिरोध २२४१ मा सामाना गरेको छ। तेस्रो प्रतिरोध बजारले २२८० देखि २३०० मा सामना गर्न सक्छ। घटेमा बजारले क्रमशः २१६०,२१४० र २१०२ मा सपोर्ट लिनेछ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।