काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

अघिल्लो दिन उच्च अंकले बढेको नेप्से इन्डेक्स यो दिन ११.२७ अंकले घटेर १८९६ विन्दुमा कायम हुन पुगेको छ । 

नेप्सेमा रहेका १३ वटा उपसूचकहरुमध्ये चारवटा इन्डेक्स बाहेकका सबै सूचकहरु घटेका छन् । बीमा समूहका दुईवटै इन्डेक्स रातो रङले पोतिएको छ । अघिल्लो दिन सर्वाधिक बढेको जीवन बीमा उपसूचक आज ०.८९ प्रतिशतले घटेको छ, भने निर्जीवन बीमा उपसूचक ०.५३ प्रतिशतले घटेको छ । 

बीमा उपसूचकहरु घट्दा केही कम्पनीहरुको सेयरभाउ भने बढेका छन् । आज सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.६२ प्रतिशत अर्थात् ११.९० रुपैयाँले बढेर ७४६ रुपैयाँ ९० पैसा पुगेको छ । 

त्यस्तै, शिखर इन्स्योरेन्सको १.१५ प्रतिशत अर्थात् ८.७० रुपैयाँले बढेर ७६३ रुपैयाँ ७० पैसा पुगेको छ । साथै एसियन लाइफको ०.१६ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.१४ प्रतिशतले सेयरभाउ बढेको छ । 

त्यस्तै, आज बीमा कम्पनीहरुमा सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.३७ प्रतिशत अर्थात् १२.८० रुपैयाँले घटेर ५२७ रपैयाँ २० पैसा कायम भएको छ ।

त्यस्तै, सानिमा रिलायन्स लाइफको २.०९ प्रतिशत, नेशनल लाइफको १.६६ प्रतिशत, हिमालयन लाइफको १.६२ प्रतिशत, सन नेपाल लाइफको १.५८ प्रतिशत, सानिमा जिआइसीको १.४८ प्रतिशत, युनाइटेड अजोडको १.४१ प्रतिशत, नेको इन्स्योरेन्सको १.०७ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.९९ प्रतिशतले घटेको छ । 

त्यसैगरी, नेपाल लाइफको ०.८५ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.८३ प्रपितशत, आइएमई लाइफको ०.७७ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.७३ प्रतिशत, सिटिजन लाइफको ०.६६ प्रतिशत र सूर्यज्योति लाइफको ०.५८ प्रतिशतले घटेको छ । 

त्यस्तै, आज पनि सर्वाधिक कारोबार हुने टप १० कम्पनीको लिस्टमा ६ वटै बीमा कम्पनी परेका छन् । सर्वाधिक रिलायबल नेपाल लाइफको ७ करोड ६० लाख, सिटिजन लाइफको ४ करोड ४८ लाख, सानिमा जिआइसीको ५ करोड १ लाख, सन नेपाल लाइफको ४ करोड ४४ लाख, हिमालयन लाइफको ३ करोड ९२ लाख र आइएमई लाइफको ३ करोड ४१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।