काठमाण्डौ । साताको चौथो दिन बुधबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेप्से परिसूचक यो दिन १७.९३ अंकले घटेर १ हजार ८७६ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज अन्य उपसूचक बाहेकका सबै उपसूचक राताम्य छन् । बीमा समूहका दुईवटै उपसूचकहरु रातो रङले पोतिएकोछ । जीवन बीमा उपसूचक १.५२ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.५३ प्रतिशतले घटेका छन् । 

बीमा इन्डेक्सहरु घट्दा आज दुई कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सबैभन्दा बढी एलआईसी नेपालको सेयरभाउ ०.७१ प्रतिशतले बढेर सेयरभाउ १ हजार ४२० रुपैयाँ  पुगेको छ ।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको सेयरभाउ ०.३२ प्रतिशतले बढेर ६३३ रुपैयाँ पुगेको छ । 

दुई कम्पनी बाहेक यो दिन सबै बीमा कम्पनीको सेयरभाउ घटेका छन् । सर्वाधिक गुमाउने कम्पनीमा युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.६२ प्रतिशत अर्थात् २० रुपैयाँले घटेर सेयरभाउ ५३२ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सको २.७६ प्रतिशतले घटेरे ५०३ रुपैयाँ, रिलायबल नेपाल लाइफको २.७५ प्रतिशतले घटेर ४५७ रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २.५८ प्रतिशतले घटेर ४८६ रुपैयाँ, सानिमा जिआइसीको २.५७ प्रतिशतले घटेर ४५५ रुपैयाँ कायम भएको छ । 

यसका साथै एशियन लाइफको २.३४ प्रतिशत, सन नेपाल लाइफको २.१० प्रतिशत, सूर्यज्योति लाइफको २.०३ प्रतिशत, नेशनल लाइफको १.९७ प्रतिशत, हिमालयन लाइफको १.८९ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.८५ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.७० प्रतिशतले घटेको छ ।

यसैगरी, नेको इन्स्योरेन्सको १.६३ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.५८ प्रतिशत, शिखरको १.४४ प्रतिशत, नेपाल लाइफको १.३६ प्रतिशत, सानिमा रिलायन्सको १.२९ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.६९ प्रतिशत, हिमालयन एभरेष्टको ०.६१ प्रतिशत र सलिकोको ०.३० प्रतिशतले सेयरभाउ घटेको छ । 

यो दिन सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा ५ बीमा कम्पनी परेका छन् । सर्वाधिक सिटिजन लाइफको ३ करोड ६८ लाख, रिलायबल नेपाल लाइफको २ करोड ७४ लाख, आइएमई लाइफको २ करोड ५४ लाख, सानिमा जिआइसीको २ करोड २६ लाख र सन नेपाल लाइफको २ करोड १८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।