काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेप्से परिसूचक २१.०३ अंकले घटेर २०८८ को विन्दुमा कायम भएको छ । बजार घटे पनि आज ७अर्ब माथिको कारोबार भएको छ  ।

नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये आज हाइड्रोपावर, जीवनबीमा, निर्जीवनबीमा र अन्य समूहबाहेकका सबै इन्डेक्स राताम्य भएका छन् । बीमा उपसमूहहरु दुबै बढेका छन् । जीवन बीमा उपसमूह ०.५२ प्रतिशत र निर्जीवन बीमा उपसमूह ०.५६ प्रतिशतले घटेको छ । 

बीमा समूहहरु बृद्धि हुँदा आज सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने बीमा कम्पनीमा सूर्यज्योति लाइफ रहेको । कम्पनीको सेयरभाउ ९.९९ प्रतिशतले बृद्धि भएर ६३७.७० रुपैयाँ पुगेको छ । 

त्यस्तै, आइएमई लाइफको ४.१३ प्रतिशतले बृद्धि भई ५९० रुपैयाँ, नेपाल इन्स्योरेन्सको ४.०९ प्रतिशतले बृद्धि भई ९३० रुपैयाँ, आइजीआई प्रुडेन्सियलको ३.०३ प्रतिशतले ५७३ रुपैयाँ ९० पैसा, सन नेपाललाइफको १.७४ प्रतिशतले बढेर ५८५ रुपैयाँ, रिलायबल नेपाल लाइफको १.७१ प्रतिशतले बढेर ५९५ रुपैयाँ, सिटिजन लाइफको १.९९ प्रतिशतले बढेर ५४० रुपैयाँ, प्रभु इन्स्योरेन्सको १.१६ प्रतिशतले बढेको छ ।
यसैगरी, एलआईसी नेपालको ०.८१ प्रतिशतले बृद्धि भई १४९५ रुपैयाँ, सानिमा जीआईसीको ०.६४ प्रतिशतले बृद्धि भई ५५१ रुपैयाँ ५० पैसा, सानिमा रिलायन्स लाइफको ०.४२ प्रतिशतले बढेर ४८१ रुपैयाँ र नेकोको ०.२० प्रतिशतले बढेर ८६० रुपैयाँ पुगेको छ । 

 

साथै आज सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.२६ प्रतिशतले घटेर ६९१ रुपैयाँ कायम भएको छ । 
 

त्यस्तै, हिमालयन लाइफको २.१६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.९६ प्रतिशत, एशियन लाइफको १.१९ प्रतिशत, नेशनल लाइफको १.११ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.०४ प्रतिशत, सलिकोको ०.९७प्रतिशत, युनाइटेड अजोडको ०.६६ प्रतिशत, शिखरको ०.६५ प्रतिशत, हिमालयनएभरेष्टको ०.४४ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ०.३५ प्रतिशतले घटेको छ । 
 

आज सर्वाधिककारोबार हुने टप १० कम्पनीको सूचीमा तीन बीमा कम्पनी छन् । सर्वाधिक आइएमई लाइफको १९ करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्सको १८ करोड २ लाख र रिलायबल नेपाल लाइफको १६ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।