काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ ।

नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८ विन्दुमा कायम भएको छ । 
 

नेप्सेमा सूचीकृत ३०७ वटा कम्पनीको २ करोड २१ लाखकित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३० करोड रुपैयाँ माथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसमूहमध्ये आज हाइड्रोपावर, माइक्रोफाइनान्स र अन्य उपसमूह बृद्धि भएका छन् भने बाँकी सबै समूह घटेका छन् । बीमा समूहका दुईवटै उपसमूह घटेका छन् । 
 

जीवन बीमा समूह १.०४ प्रतिशत र निर्जीवन बीमा समूह ०.५८ प्रतिशतले घटेको छ । 
 

बीमा कम्पनीहरुमा आज सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने कम्पनीमा हिमालयन रि-इन्स्योरेन्स छ । कम्पनीको सेयरभाउ ९.९९ प्रतिशतले बढेर ४५२ रुपैयाँ ६० पैसा पुगेको छ । 
 

त्यस्तै, प्रभु महालक्ष्मी लाइफको ०.५३ प्रतिशत र सलिकोको सेयरभाउ ०.०१ प्रतिशतले बृद्धि भएको छ । 
 

यो दिन अधिकांश बीमा कम्पनीको सेयरभाउ घटेको छ । सर्वाधिक युनाइटेड अजोडको २.३६ प्रतिशतले घटेर ६२६ रुपैयाँ कायम भएको छ । 
त्यस्तै, सानिमा रिलायन्स लाइफको २.०६ प्रतिशत, सूर्यज्योति
लाइफको १.८३ प्रतिशत, एलआइसी नेपालको १.६५ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.४५ प्रतिशत, रिलायबल नेपाल लाइफको १.३६ प्रतिशत, नेपाल लाइफको १.३६ प्रतिशतले सेयरभाउ घटेको छ । 

हिमालयन एभरेष्टको १.३६ प्रतिशत, नेको इन्स्योरेन्सको १.१५ प्रतिशत, नेपाल रि-इन्स्योरेन्सको १.१४ प्रतिशत, एशियनलाइफको १.०३ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.९२ प्रतिशतले सेयरभाउ घटेको छ । 

यसैगरी, शिखरको ०.९२ प्रतिशत, सन नेपाल लाइफको ०.८५ प्रतिशत, एनएलजीको ०.८४ प्रतिशत, हिमालयन लाइफको ०.७८ प्रतिशत, सानिमा जीआईसीको ०.७१ प्रतिशत, नेशनल लाइफको ०.६६ प्रतिशत, आइएमई लाइफको ०.५४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४३ प्रतिशत र सिटिजन लाइफको ०.३२ प्रतिशतले सेयरभाउ घटेको छ । 
 

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको ९ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।