काठमाण्डौ । साताको तेस्रो कारोबार दिन बुधबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेप्से परिसूचक १२.१० अंकले घटेर २१६३ विन्दुमा कायम भएको छ । 
नेप्सेमा सूचीकृत ३०० कम्पनीको ३ करोड ३५ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये चार वटा उपसमूहमा हरियाली छाएको छ, भने बाँकी सबै घटेका छन् । बीमा समूहका दुईवटै उपसमूह घटेको छ । जीवनबीमा इन्डेक्स १.१९ प्रतिशत र निर्जीवन बीमा इन्डेक्स ०.२९ प्रतिशतले घटेको छ । 
 

बीमा समूह घट्दा आज दुई पुनर्बीमा कम्पनी र चार वटा निर्जीवन बीमा कम्पनीबाहेक सबैको सेयरभाउ घटेको छ । सर्वाधिक सेयरभाउ बढ्ने हिमालयन रिइन्स्योरेन्स छ । कम्पनीको सेयरभाउ ९.९९ प्रतिशतले बढेर ६०२ रुपैयाँ २० पैसा पुगेको छ । 
 

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ०.८८ प्रतिशतले बढेर ६९६ रुपैयाँ पुगेको छ । यसका साथै हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३.९५ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ०.२३ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.५६ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.३९ प्रतिशतले बृद्धि भएको छ । 
 

आज सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने बीमा कम्पनीमा सूर्यज्योति लाइफ छ । कम्पनीको सेयरभाउ आज एकैदिन २.५१ प्रतिशतले घटेर ५३५ रुपैयाँ २० पैसा कायम भएको छ । 
 

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको २.२२ प्रतिशत, हिमालयन लाइफको २.२२ प्रतिशत, रिलायबल नेपाललाइफको २.०३ प्रतिशत, एनएलजीको १.७८ प्रतिशत, नेको इन्स्योरेन्सको १.७७ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.७० प्रतिशत, सानिमा जीआईसीको १.६६ प्रतिशत, सन नेपाललाइफको १.५८ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.४७ प्रतिशतले घटेको छ । 
 

त्यस्तै, नेपाल इन्स्योरेन्सको १.३७प्रतिशत, एलआईसी नेपालको १.३२ प्रतिशत, सिटिजन लाइफको १.२४ प्रतिशत, आइएमई लाइफको १.०४ प्रतिशत, नेशनललाइफको ०.७८ प्रतिशतले घटेको छ । 
 

यस्तै एशियन लाइफको ०.४१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३५ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.३० प्रतिशत, नेपाल लाइफको ०.२३ प्रतिशत र सलिकोको ०.१४ प्रतिशतले घटेको छ । 
 

६००रुपैयाँमाथि सेयरभाउ पुगेको हिमालयन रिइन्स्योरेन्सको आज सर्वाधिक ६५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।