काठमाण्डौ । एनएमबी क्यापिटल लिमीटेडले प्रवद्र्धन गरेका दुवै म्युचुअल फण्डहरुको नेट एसेट भ्यालु(एनएभी) वृद्धि भएको छ ।

सात वर्षे बन्दमुखी म्युचुअल फण्ड 'एनएमबी हाइब्रीड फण्ड एल-१' को नेट एसेट भ्यालु फागुन मसान्तको १० रुपैयाँ २६ पैसाबाट वृद्धि भई चैत मसान्तसम्म १० रुपैयाँ ५७ पैसाको उचाईमा पुगेको छ ।

एक अर्बबाट सुरु भएको यो स्किमले चैत मसान्तसम्म २१ करोड ७४ लाख रुपैयाँ सूचिकृत कम्पनीको सेयरमा, सार्वजनिक निश्कासनमा १  करोड ८३ लाख रुपैयाँ र ४९ करोड रुपैयाँ फिक्स्ड डिपोजिटमा राखेको छ ।

यो स्किमको फागुन मसान्तसम्म २ करोड ३३ लाखमा सीमित भएको खुद नाफा बढेर चैत मसान्तसम्म ३ करोड ४३ लाख रुपैयाँको उचाईमा पुगेको छ । यो स्किमले २९ सूचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा बढी नेपाल दुरसंचार कम्पनी लिमीटेडको ४४ हजार ८ सय ५ कित्तामा लगानी गरेको छ । बिहीबारसम्म यो स्किमको अन्तिम बिक्री मूल्य प्रति इकाई १० रुपैयाँ १० पैसा कायम भएको छ ।

यसैगरी, एनएमबी क्यापिटल मार्केट लिमीटेडले नै प्रवद्र्धन गरेको अर्को पाँच वर्षे बन्दमुखी म्युचुअल फण्ड 'एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-१'को खुद सम्पत्ति मूल्य समेत बढेको छ ।

फागुन मसान्तसम्म १४ रुपैयाँ ९५ पैसामा सीमित प्रति इकाई सम्पत्ति मूल्य चैत मसान्तसम्म बढेर १७ रुपैयाँ २४ पैसाको उचाईमा पुगेको हो ।

७५ करोड रुपैयाँबाट सुरु भएको यो स्किमले ६८ सूचिकृत कम्पनीको सेयरमा ६६ करोड ८ लाख, ६ करोड ८५ लाख सार्वजनिक निश्कासन, बोनस र हकप्रदमा लगानी गरेको छ । यस्तै, २२ करोड रुपैयाँ फिक्स्ड डिपोजिटमा राखेको छ भने १ करोड ४ लाख रुपैयाँ विभिन्न ऋणपत्रहरुमा लगानी गरेको छ ।

यो स्किमले पनि नेपाल दुरसंचार कम्पनीकै सबैभन्दा बढी ४४ हजार २ सय ९५ कित्ता सेयर खरीद गरेको छ । सबैभन्दा धेरै लगानी चाहि नवील बैंकको कुल २३ हजार ६ सय ८५ संस्थापक सेयरमा २ करोड ९७ लाख रुपैयाँ गरेको छ ।

चैत मसान्तसम्म यो  स्किमले २१ करोड ५९ लाख नाफा कमाएको छ । यो स्किमको बिहीबारको अन्तिम कारोबार मूल्य प्रति इकाई १३ रुपैयाँ ८० पैसा रहेको छ ।