काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मंगलबार भने बढेर करिब २ हजार विन्दुलाई छुन खोजेको छ ।
यो समाचार तयार पार्दाको समय २ : ४० बजेसम्ममा करिब २७ अंकले बढेको  छ। उक्त अवधिसम्ममा करिब ३ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार घटेर बन्द भएको बजार यो दिन निरन्तर बढेको छ । यो अवधिसम्मा चार ओटा कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

जसमा बोटलर्स नेपाल बालाजु,धौलागिरी लघुवित्त वित्तीय संस्था,डोल्टी पावर कम्पनीको सेयरमूल्य र सानीमा लार्ज क्याप फन्डको इकाईमा सकारात्मक सर्किट लागेको  छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयरबजारको हकमा लचिलो नीति ल्याएपछि बजार बढ्न थालेको हो ।