काठमाण्डौ। वित्तमन्त्री निर्मला सीतारमणले आज भारतको लोकसभामा केन्द्रीय बजेट २०२२–२०२३ पेस गरेकी छन्।
वित्तमन्त्री सीतारमणको बजेट भाषण करिब दुई घण्टा चलेको थियो। बजेट घोषणाको असर बजारमा पनि देखिएको छ। सेन्सेक्स हाल ८७९.६२ अंकले बढेर ५८८९३.७९ विन्दुमा कारोबार भइरहेको छ। योसँगै निफ्टी २३४.७० अंकले बढेर १७५७४.५५ विन्दुमा पुगेको छ।
जतिबेला वित्तमन्त्री सीतारमणले बजेट प्रस्तुत गर्दै थिइन्, त्यति बेला सेयर बजारमा उतारचढाव भइरहेको थियो। यो २ घन्टाको अवधिमा सेन्सेक्स ९०० अंकसम्म बढेको थियो। तर, अहिले सेन्सेक्स ८७९.६३ अंकको उछालका साथ ५८८९३.७९ मा कारोबार भइरहेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago