काठमाण्डौ । नेपाली बजारमा साताको चौथो कारोबार दिन बुधबार पहेंलो धातु सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ तोलामा  ३०० रुपैयाँले बढेको हो । यो दिन छापावाला सुनको भाउ १ लाख १६ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।अघिल्लो दिन छापावाला सुनको भाउ तोलामा १ लाख १६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
 यसैगरी यो दिन तेजावी सुनको भाउ प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार किनबेच भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। यो दिन चाँदीको भाउ प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अझै मूल्य बढ्ने संकेत  
मंसिर
महिनामा विवाह तथा अन्य शुभ साइतहरु धेरै  हुने गर्दछ । त्यसैले अरुभन्दा यो महिनामा  सुनको माग धेरै हुन्छ ।जसले गर्दा मंसिर लागेसँगै सुनको भाउ निरन्तर बढिरहेको छ । कात्तिक सकिए यता सुनको भाउ तोलामा ३ हजार रूपैयाँले बृद्धि भैसकेको छ । 
मध्यपूर्वको युद्धका कारण नै अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको छ । जसको प्रभाव नेपाली सुन बजारमा पनि देखिएको छ ।