काठमाण्डौ । सेयर बजारमा आज करिब ४० अंकको उतारचढाव देखिएको छ। कारोबारको पहिलो प्रहरमा २० अंकले बढेको बजार अन्तिममा २० अंकले नै घटेर बन्द भएको छ। 

नयाँ सराकारले पूर्णता पाएसँगै धेरै लगानीकर्ताले आज बजार बढ्ने आशा गरेका थिए। तर, लगानीकर्ताको आशाविपरीत बजारमा आज गिरावट आएको छ। 

प्राविधिक रुपमा आजको बजारलाई हेर्दा माथि लामो धागोसहितको बियरिस क्यान्डल बनेको छ। यसले बजार घट्दो क्रममा रहेको देखाउँछ। 

गत जनवरी १० बाट खस्न सुरु गरेको बजार हालसम्म पनि बोलिंगरको मध्य ब्यान्ड माथि टिक्न सकेको छैन। मूल्यरेखाले तल्लो ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ। 

आज पनि बजारले १९३६ को विन्दु आसपासमै प्रतिरोध सामना गरेको छ।(हेर्नुहोस् तस्बिरमा रातो धर्को) 

दैनिक चार्टअन्तर्गत म्याक्डीमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। तर, हिस्टोग्राम सकारात्मक रहे पनि केही फिक्का भएको छ। 

आरएसआई ओभर सोल्ड जोन ३३ को आसपास रहेको छ। यसले बजारमा बिक्री दबाब रहेको देखाउँछ। 

आज १८८८ मा बन्द भएको बजारको नजिकको सपोर्ट जोन भने १८६४ मा रहेको छ (हेर्नुुहोस् हरियो धर्को)। यदि त्यहाँबाट पनि बजार तल झर्छ भने बजाको अर्को नजिकको सपोर्ट भनेको १८४९ र १८०६ मा रहने देखिन्छ। 

यदि आगामी दिनमा बजार बढेमा भने क्रमशः १९३६, १९८० तथा २११३ को विन्दुमा प्रतिरोध सामना गर्न सक्छ। 

त्यसैगरी आगामी दिनमा यदि बजार १९३६ भन्दा माथि गएमा बजारमा इन्ट्री तथा १८६४ भन्दा तल गएमा केही जोखिम ब्यवस्थापन गर्न सकिनेछ। 

नोट: सेयर बजारमा लगानी जोखमपूर्ण हुन्छ। यो विशलेषण कारोबारका लागि सिफारिस भने होइन।