काठमाण्डौ । नेपाली बजारमा मंगलबार पहेंलो धातु सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन ६००रुपैयाँले बढेको हो ।

यो दिन छापावाला सुन तोलामा १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, यो दिन तेजावी सुन भने तोलामा १ लाख १९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, यो दिन चाँदी तोलामा १० रुपैयाँ बढेको छ।मंगलबार चाँदी  प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, यो दिन अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउ बढेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार ६४ डलरमा कारोबार भइरहेको छ ।