काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार २७० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २५५ रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19