काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार रुपैयाँ कायम भएको छ। 

हिजो मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ स्थिर रहँदै तोलाका १ हजार ४२० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।