काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो आइतबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।