काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्ड ४०० रुपैयाँ र तेजाबी गोल्ड ३५० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ।
हिजो प्रतितोला फाइन गोल्ड १०० रुपैयाँ र तेजाबी गोल्ड ५० रुपैयाँले रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19