काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ३५० रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ४० रुपैयाँले घटेर चाँदी १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।