काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।