काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ४२५ रुपैयाँ नै कायम भएको छ। गत शुक्रबार पनि भाउ स्थिर रहँदै चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।