काठमाण्डौ । नेपाली बजारमा आइतबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर १ हजार ४७० रुपैयाँमा कारोबार भएको थियो।