काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19