काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।