काठमाण्डौ । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले चाँदी १ हजार ३८५ रुपैयाँमा किनबेच भएको थियो।