काठमाण्डौ । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ७ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। 

आज लगातार दोस्रो चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३१० रुपैयाँ कायम भएको थियो। हिजो पनि भाउ स्थिर रहँदै चाँदी १ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो।