काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ७ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार १०० रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ७ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ३३० रुपैयाँ कायम भएको छ। गत शुक्रबार भाउ स्थिर रहँदै चाँदी १ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो।