काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो।